चार वर्षपछि एमाले फर्किए रामकुमारी, किसान श्रेष्ठसहितका नेता

काठमाडौं । रामकुमारी झाँक्रीसहितका नेता चार वर्षपछि नेकपा (एमाले) फर्किएका छन् । सोमबार (कात्तिक २४) राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत झाँक्री, किसान श्रेष्ठसहित गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमल्सिनासहितका केन्द्रीय सदस्यहरू एमाले फर्किएका हुन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झन्डा दिए । श्रेष्ठ र तिमल्सिनाले ओलीलाई कलम दिए । एमालेबाट ०७८ भदौ २ गते विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी नेकपा (माओवादी)सहितका १० घटकसँग मिसिन नगएका नेताहरू एमाले फर्किएका हुन् ।

०७८ भदौ २ गते माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजनका लागि निर्वाचन आयोग निवेदन दिइएको थियो । झाँक्रीले नेपालको हात समाउँदै अघि बढाएको दृश्य भाइरल बनेको थियो । एकीकृत समाजवादीमा लामै समयदेखि झाँक्रीसहितका नेता असन्तुष्ट थिए । बीचमा नै एमाले फर्कने चर्चा भएको थियो । तर, पार्टी नै अस्तित्वमा नरहने भएपछि उनीहरू एमाले फर्किएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *