सुधन गुरुङको नागरिकता छानविन गर्न सरकारलाई युवा संघको एक हप्ते अल्टिमेटम

काठमाडौं। एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले जेनजी आन्दोलनबाट चर्चामा आएका सुधन गुरुङको नागरिकता छानविन गर्न सरकारलाई एकहप्ताको अल्टिमेटम दिएको छ।

शनिबार बसेको युवा संघ नेपालको पदाधिकारी बैठकले गुरुङको नागरिकता छानविन गर्न सरकारलाई एक हप्ताको अल्टिमेटम दिएको हो। गुरुङको नागरिकता नक्कली भएको विभिन्न विवरण आइरहेको भन्दै युवा संघले तत्काल उनको नागरिकता छानविन गर्न माग गरेको हो।

स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र युवा संघका इन्चार्ज राजिव पहाडी सहभागी बैठकले सुधन गुरुङको नागरिकता सरकारले छानविन नगरे युवा संघले उनको नागरिकता खोजेर छानविनका लागि सरकारलाई बुझाउने चेतावनीसमेत दिएको छ।

जेनजी आन्दोलनमा विध्वंसात्मक गतिविधि गर्ने केही व्यक्तिको नागरिकता नक्कली रहको सूचना आएको भन्दै युवा संघले नक्कली नागरिकताधारीलाई विध्वंसात्मक गतिविधि गरेको अभियोगमा पक्राउ गर्नुपर्ने र उनीहरुबाट क्षतिपूर्ती भराउनु पर्ने मागसमेत गरेको छ।

युवा संघका प्रवक्ता निरोज पौडेलका अनुसार बेडकले आन्दोलनको नाममा देश जलाउनेलाई कानुनी कठघरामा ल्याएर, जेनजी नव युवाहरुलाई देश निर्माणको जागरण अभियानमा समेट्ने निर्णय गरेको छ।

बैठकले निजीदेखि सरकारी सम्पत्ति, नेतादेखि प्रहरीसमेतलाई निसाना बनाउने अराजकहरुलाई नियन्त्रणमा लिइ कानुनी कारवाही गर्न पनि युवा संघले माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *