विप्लव, घनश्याम र जनार्दनको आह्वान– कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तबीच सहकार्य गरौँ

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, पार्टी एकताको विपक्षमा उभिएका पूर्वमाओवादी नेता जनार्दन शर्मा र पूर्वएकीकृत समाजवादीका नेता घनश्याम भुसालले आफूहरू एकताबद्ध भएर अघि बढ्ने संकल्प गरेका छन् । शुक्रबार (कात्तिक २१) संयुक्त विज्ञप्ति जारी गर्दै तीन नेताले यस्तो संकल्प गरेका हुन् ।

“हामी त्यस्तो ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्न संकल्पबद्ध भएका छौँ । र, सबै प्रतिबद्ध कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूसँग सार्थक संवाद, छलफल र सहकार्यको लागि आह्वान गर्दछौँ,” जारी विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले सत्तासीन नेताहरू गैरजिम्मेवार बन्दै र राजनीतिक दलहरूले खेल्नुपर्ने भूमिका कमजोर हुँदै जाँदा राज्य, राजनीति, राजनीतिक दल र तिनका नेताहरू जनताबाट टाढिँदै गएको बताएका छन् ।575605300_816188017696436_287144750667859846_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *