७ दिनभित्र भाडा नबुझाए खड्का ल्याण्ड प्रालिका भौतिक संरचना जफत गरिने

काठमाडौं। पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का सञ्चालक रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले जग्गा भाडा तिर्न आनाकानी गरेपछि नेपाल स्काउटले कम्पनीको भौतिक संरचना जफत गर्ने चेतावनी दिएको छ।

स्काउटले सार्वजनिक सूचना प्रकाशित गर्दै कम्पनीले सिलबन्दीपछि पनि भाडा नतिरेको हुँदा अब सिल गरिएका सामान र भौतिक संरचना समेत जफत गर्ने बताएको हो। स्काउटले भाडा बुझाउन ७ दिनको म्याद दिएको छ। दिइएको म्यादमा बाडा नतिरे सामान र संरजना जफत गरिने सूचनामा जनाइएको छ।

जफत गरिएको सामान र संरचनाबाट पनि बाँकी रहेको भाडा असुल हुन नसके घरजग्गा र जायजेथाबाट उसुलउपर गरिने स्काउटले जनाएको छ। सूचनामा भनिएको छ ‘… मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १२ दफा ६१९, ६२० (४) र ६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गरिने र उक्त जफतबाट समेत नपुग हुन आउने रकम घरजग्गा वा जायजेथाबाट असुल-उपर गर्ने व्यहोरा समेत सूचित गरिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *