काठमाडौँ । कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन्।
सुशीला कार्की नेतृत्वको गैरदलीय सरकारमा तीनवटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका घिसिङले राजीनामा दिएर दल दर्ता गर्ने भएका हुन्।
हाल उनले भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र उर्जा जलस्रोत तथा सिंचाईं मन्त्रालयको जिम्मेवारी लिइरहेका छन्। घिसिङको नेतृत्वमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसहितले केही दिनभित्रै दल दर्ता गर्ने तयारी गरेका छन्।
कार्की नेतृत्वको सरकार गैरदलीय भएकाले दलमा आबद्ध भएपछि नैतिक हिसाबले संकट हुने भएपछि उनी दल दर्ताका लागि आयोगमा निवेदन दिनुअघि मन्त्री पद छाड्ने तयारीमा रहेको निकट स्रोतले जानकारी दियो।
