काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा स्थापना गरिएको ‘श्रम संस्कृति पार्टी’लाई निर्वाचन आयोगले औपचारिक मान्यता प्रदान गरेपछि समर्थकहरू खुशी भएका छन्।
मान्यताको प्रमाण पत्र पाएपछि साम्पाङले पनि संचारकर्मी र समर्थकहरुमाझ खुशी साटे। निर्वाचन आयोग परिसरमा प्रमाणपत्र हातबाट माथि उठाएर समर्थकहरूले खुशी साटेका थिए।

