सरकार, राजनीतिक दल र जेनजीहरूबिच आज त्रिपक्षीय छलफल

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग आज छलफल गर्ने भएकी छन् । कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरू र जेनजी अगुवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् । अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु हुनेछ ।

यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा आवश्यक वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सबैपक्ष सकारात्मक भएका थिए। यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए। लामो समयपछि भएको औपचारिक राजनीतिक संवादले निर्वाचनको माहोल बनाएको सम्बद्ध पक्षको भनाइ छ।

निर्वाचनको तयारीस्वरुप सरकारले सबैखाले काम अगाडि बढाएको मन्त्री खरेलले बताएका छन्। सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको छ। सोहीअनुसार आयोग निर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *