रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ तल्लोबारामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गउको छ।
इम्बोस्ड नम्बर प्लेटको ए ए ए २०७० नम्बरको मोटरसाइकल बिपी राजमार्गमा पर्ने सो सडकको ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जनकपुरको धनुषाधाम नगरपालिका–९ का ३० वर्षीय लोबसाङ होइदेनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका होइदेनको सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ६:३० बजे तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो। चालक सडकबाट करिब १५ फिट तल भिरमा खसेका प्रहरीले जनाएको छ।
उनलाई इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले उद्धार गरेर अस्पताल पुर्याएको थियो। अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको हो।
