काठमाडौं आइपुग्यो विपिनको शव, आजै कञ्चनपुर लगिने

काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको शव नेपाल ल्याइएको छ । आज (सोमबार) केहीबेर अघिमात्रै त्रिभुवन विमानस्थमा उनको शव ल्याइएको हो । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु विमानस्थल पुगेका छन् ।

विपिनको शव आज नै गृह जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित घरमा पठाइने तयारी रहेको छ । कञ्चनपुरमै उनको अन्तिम दाहसंस्कार हुने बताइएको छ । अध्ययनको शिलसिलामा इजरायल पुगेका जोशीलाई युद्धको क्रममा हमासले नियन्त्रणमा लिएर लगेको थियो । हमासले बन्धक बनाएको विपिनको हत्या आजभन्दा दुई वर्ष अगाडि नै भएको शव परीक्षणबाट पत्ता लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *