तोलामा ११०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ११०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको हो।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा २ हजार ३३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ३१५ रुपैयाँ कायम भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *