उत्तर कोरियासँग नेपाल ११-० ले पराजित

काठमाडौँ । एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत नेपाल उत्तर कोरियासँग पराजित भएको छ ।

आइतबार भुटानमा सम्पन्न खेलमा उत्तर कोरियाले नेपाललाई ११-० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल गरेको थियो । खेलमा उत्तर कोरिया नेपालमाथि पूर्णरुपमा हावी भएको छ ।

उत्तर कोरियाले यसअघि साउदी अरेबियालाई १५-० ले र भुटानलाई १०-० गोलले पराजित गरेको थियो । यो जितसँगै समुह ए मा तिनै खेल जितेर उत्तर कोरिया एएफसी यू-२० महिला एसियन कपमा छनौट भएको छ ।

त्यस्तै नेपाल समुह ए मा ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो भने साउदी अरेबियालाई १-० गोलले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *