चक्रे मिलनसहित १९ जनाविरुद्ध अनुसन्धानका लागि पाँच दिन म्याद थप

काठमाडौं । गुण्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाविरुद्ध दोस्रो पटक अनुसन्धानका लागि पाँच दिन म्याद थप भएको छ।

दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो

१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा उनीहरू पक्राउ परेका थिए।

उनीहरु सँगै प्रहरीले ४७ जनालाई पक्राउ गरेकोमा २८ जनालाई छाडिएको थियो। १९ जनालाई प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।

हिरासतमा रहनेहरूमा चक्रेसँगै गणशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का छन्।

यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही प्रहरी हिरासतमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *