आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं। आज संघीय संसद अन्तर्गतका पाँच वटा समितिको बैठक बस्दैछ।

आज दिउसो १ बजे अर्थ समितिको बैठक सिंहदरबारमा बस्दै छ। बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि संशोधनकर्ता सांसदहरु र बिज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ।

यस्तै,दिउसो १२ः १५ बजे बस्न लागेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिले समितिबाट भएका स्थलगत अनुगमनका प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।

त्यस्तै,आज बिहान ९ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानब बेचबिखन तथा ओसारपसार सम्बन्धी विद्यमान कानूनी जटिलता सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

यसैगरी, आज बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल गर्ने कार्यसूची राखिएको छ।

त्यसैगरी, बिहान ९ः १५ बजेदेखि सुरु हुने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *