भदौ दोस्रो साताबाट आन्दोलन गर्ने शिक्षक महासङ्घको निर्णय

काठमाडौं । शिक्षकहरु फेरि आन्दोलनमा उत्रिने भएका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघको आज बसेको बैठकले भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय गरेको बताए ।

महासंघले भदौको ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण बैठक बोलाइएको पनि उनले बताए । आन्दोलनको प्रकृति र तालिका राष्ट्रिय समितिको पूर्ण बैठकपछि सार्वजनिक गरिने उनले बताए । आफूहरुसँग विगतमा भएका सहमतिहरुको कार्यान्वयनसहित तत्काल शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघले यसअघि गत चैत–वैशाखमा २९ दिन आन्दोलन गरेको थियो ।

सरकारले असार १५ मै विद्यालय शिक्षा विधेयक टुङ्गोमा पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । तर, सहमतिअनुसार विधेयक टुङ्गोमा नपुगेपछि महासङ्घ आक्रोशित बनेको हो।  विधेयक अहिले पनि शिक्षा समितिमै रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *