१८.३० अंकले बढ्याे नेप्से, आठ अर्ब ५३ करोडको किनबेच

काठमाडौं । नेप्से दोहोरो अंकले बढेको छ । नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने १८ दशमलव ३० अंकले बढेर २८ सय ५० दशमलव ३७ अंकमा चढेको छ ।

नेप्सेमा आज ३१८ वटा कम्पनीहरुको ९५ हजार आठ सय ३९ पटकको कारोबारमा दुई करोड ५४ लाख तीन हजार पाँच सय ४० कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा सबै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव ३५ अंकले बढेर १४ सय ८४ दशमलव ७९ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक २५ दशमलव ३९ अंकले बढेर ६ हजार ११ दशमलव ९१ अंकमा चढेको छ ।

फाइनान्स समूहको सूचक पनि ३५ दशमलव २९ अंकले बढेर २५ सय ८६ दशमलव ४५ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक २७ दशमलव ७६ अंकले बढेर तीन हजार सात सय २० दशमलव सात अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक १०१ दशमलव ९२ अंकले बढेर १३ हजार चार सय दुई दशमलव ६८ अंंकमा पुगेकोमा निर्जीवन बीमा समूहको सूचक ५४ दशमलव चार अंकले बढेर १२ हजार सात सय ४९ अंकमा चढेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीरुको सुचीमा पहिलो स्थानमा सिक्लेस हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कमपनीहरुको सुचीमा भने लिर्वर्टी इर्नर्जी कम्पनी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *