एमाले र कांग्रेसकै कारण शिक्षा विद्येयक सदनमा पुग्न ढिलाई भएको हो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय शिक्षा विधेयकमा चलखेल भएको थाहा पाएपछि आफूले नै पहल लिएर फिर्ता लिएर पुनः दर्ता गरेको दाबी गरेका छन् ।

अध्यक्ष प्रचण्डले शिक्षा विधेयक संसद्मा पुग्न एमाले र कांग्रेसका कारण ढिलो भएको भन्दै यसमा भ्रममा नपर्न आग्रह गरे ।

आज (बिहीबार) अखिल क्रान्तिकारीले आयोजना ‘विद्यार्थीसँग अध्यक्ष प्रचण्ड’ शैक्षिक संवादका क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालको संविधानले नै सबैलाई समान शिक्षा दिने व्यवस्थाको परिकल्पना गरेको स्पष्ट पारे । उनले निजी शिक्षालाई बिस्तारै नियन्त्रण गर्दै राज्यले शिक्षामा सबैलाई समान अवसर प्रदान गर्ने नीति बनाउनुपर्नेमा जोड दिए ।

उनले समाजवादउन्मुख शिक्षा नीति अपनाए धनी र गरिब भनेर शिक्षामा विभेद नहुने बताए । उनले भने,‘उच्च शिक्षामा देखापरेका समस्या समाधान गर्न हाम्रै पालामा उच्च शिक्षा आयोग गठन गरेको थियो र त्यसमा विसङ्गति समाधान गर्ने उपाय सुझाएको थियो तर त्यो प्रतिवेदन नै आफूपछिको सरकारले गायब बनायो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *