काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रूपन्देही क्षेत्र नं.३ को उपनिर्वाचनका लागि उम्मेदवार बन्न ९ जनाले निवेदन दिएका छन् । रास्वपाको उम्मेदवारको लागि परेको निवेदन आज सार्वजनिक गरेको हो । रास्वपाले सार्वजनिक गरेको सूचीअनुसार उम्मेदवार हुन इच्छुक ८ जना रूपन्देहीका रहेका छन् ।
उम्मेवार हुन इच्छुक सुलभ खरेल बुटवल–१६ का हुन् । त्यस्तै, पाछाबेन्द्र उपाध्याय (सिद्धार्थनगर–७), डा.लेखजंग थापा (सिद्धार्थनगर–९), ज्ञानु पौडेल (सिद्धार्थनगर–८), जितबहादुर गुप्ता (सिद्धार्थनगर–१), रचना क्षेत्री (सिद्धार्थनगर–३), पुनम कुमारी अग्रवाल (सिद्धार्थनगर–८), मधुप्रसाद अर्याल (बुटवल–१७) र कुसुम महर्जन (मध्यपुर ठिमी, भक्तपुर) ले निवेदन दिएका छन् ।
रूपन्देही–३ मा अगामी कात्तिक–१७ गते प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदै छ । साउन २३ गते विहान १० बजेदेखि २४ गते बेलुका ५ गतेसम्म उम्मेदवारउपर दाबी विरोध गर्न सकिने रास्वपाले बताएको छ ।
