फ्रान्समा भीषण डढेलो : एकजनाको मृत्यु, नौजना घाइते

लाग्रास, फ्रान्स । फ्रान्सको दक्षिणी क्षेत्रमा फैलिएको एक भीषण डढेलोलाई नियन्त्रणमा लिन सयौं अग्निनियन्त्रकहरू खटिएका छन् । उक्त आगलागीबाट एक जना नागरिकको ज्यान गएको छ भने नौजना घाइते भएको पुष्टि गरिएको छ ।

अड प्रिफेक्चरकी महासचिव लुसी रोएस्चका अनुसार, ‘डढेलो अझै पूर्ण रूपमा नियन्त्रणमा आएको छैन र हालको मौसमीय अवस्था—खडेरी, तीव्र गर्मी र हावाका कारण स्थिति प्रतिकूल बन्दै गएको छ ।’ उक्त डढेलो मंगलबार सुरु भएको हो र यसले हालसम्म अड क्षेत्रका कम्तीमा २५ घरमा क्षति पु¥याएको छ । करिब दुई हजार अग्निनियन्त्रक उक्त आगो निभाउने कार्यमा निरन्तर जुटिरहेका छन् ।

यो डढेलो यस वर्षको फ्रान्समा अहिलेसम्मकै सबैभन्दा ठूलो भएको जनाइएको छ । एक ज्येष्ठ महिलाको आफ्नै निवासमा ज्यान गएको पुष्टि गरिएको छ । एकजना अझै बेपत्ता छन् । दुई जना घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । साथै, सात जना अग्निनियन्त्रकहरू धुवाँको कारण घाइते भएका छन् । अहिलेसम्म करिब १२ हजार हेक्टर (२७ हजार एकड) क्षेत्रफल आगलागीबाट प्रभावित भएको बताइएको छ ।

उनी सान्त–लोरेन्ट–दे–ला–काब्रेरिसका बासिन्दा हुन्, जहाँ एक महिलाले घर नछोड्ने निर्णय लिएपछि उनको निधन भएको जनाइएको छ । फ्रान्सको आपतकालीन सेवा अनुसार, यस गर्मीमा मात्रै करिब नौ हजार साना ठूला डढेलोका घटनाहरू भइसकेका छन् । राष्ट्रपति इमानुएल माक्रोंले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत सम्पूर्ण जनशक्तिहरू परिचालन गरिएको जानकारी दिनुहुँदै सबै नागरिकलाई ‘अत्यधिक सावधानी अपनाउन’ आग्रह गरेका छन् ।

अड क्षेत्रमा पछिल्ला वर्षहरूमा डढेलोबाट प्रभावित क्षेत्रको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । यसमा कम वर्षा र अङ्गुरका बगैंचाहरूको हटाइको कारणले आगो फैलिन सजिलो बनाएको बताइएको छ । फाब्रेजान नगरकी स्थानीय बासिन्दा ओद डामेसिनले वर्तमान परिस्थितिलाई दुःखद् भन्दै भन्नुभयो,“गर्मी सुरु भएदेखि यति धेरै आगलागीका घटनाहरू देख्दा मन दुःखी हुन्छ । यो वनस्पति, वन्यजन्तु तथा घरजग्गा गुमाइरहेका मानिसहरूका लागि अत्यन्त पीडादायी अवस्था हो।” युरोपेली संघको कोपर्निकस जलवायु अवलोकन संस्थानका अनुसार, यस वर्षको प्रारम्भदेखि हालसम्म फ्रान्समा करिब २४ हजार हेक्टर भूभाग आगलागीबाट प्रभावित भइसकेको छ । यो सङ्ख्या सन् २०१९ र २०२२ का अभिलेखीय डढेलोहरूसँग तुलना गर्दा भने कम रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *