काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुको बैठक राखेका छन् ।
सिंहदरबारस्थित् माओवादी संसदीय दलको कार्यालयमा जारी बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र आम जनता पार्टीका नेताहरुको बैठक जारी छ । बैठकको संयोजन प्रचण्डको सचिवालयले गरेको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, राप्रपाका शीर्ष नेता बुद्धिमान तामाङ, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, रास्वपाकी सांसद सोविता गौतम, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवहरु वर्षमान पुन, शक्तिबहादुर बस्नेत, जसपा नेपालकी सांसद रेखा यादवलगायतको सहभागिता छ ।
