काठमाडौं। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । अहिले भर्खरै उनले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
मुख्यमन्त्री बानियाँले आजै एमालेबाट ६ जना र कांग्रेसबाट २ जनालाई मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरुको पनि आजै पद तथा गोपनियताको शपथ भएको छ ।
