नक्कली नोटसहित २ जना पक्राउ

काठमाडौं । सुनसरीमा नक्कली नोटसहित २ जना पक्राउ परेका छन् ।

कोशी गाउँपालिका-८ भीमनगरबाट नेपाली १ हजार दरका ३८ थान नक्कली नोटसहित २ जनालाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सप्तरीको हनुमान कंकालिनी गाउँपालिका- १ बस्ने २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिका- २ बस्ने २५ वर्षीय राजेशकुमार रजक रहेका छन् ।

इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरीले लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *