प्रधानमन्त्रीले कक्षा १२ उतिर्ण विद्यार्थीहरुलाई शुभकामना दिदै भने- देशमै केहि गर्ने नयाँ यात्राको सुरुवात गरौँ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानबाट कक्षा १२ उतिर्ण विद्यार्थीहरुलाई शुभकामना दिदै  नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गर्न अपिल गरेका छन् ।

प्रधानमन्त्री ओलीले तपाईहरुको मेहनत सफल भएको भन्दै अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गर्न अपिल गरेका हुन् ।

उनले भनेका छन्- भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन यता म तुर्कमिनस्थानमा छु । उता नेपालमा  कक्षा १२ को रिजल्ट आयो भन्ने थाहा पाएँ । बधाई नानीबाबुहरु ! तपाईहरुको मेहनत सफल भयो, अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौं । फेरि पनि बधाई सबैलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *