बागमतीको मुख्यमन्त्रीमा बानियाँद्वारा दाबी पेश

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् । सत्तारुढ दल नेकपा (एमाले) को समर्थनमा बानियाँले मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् ।

बहादुरसिंह लामा तामाङले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरेका थिए । नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरिएको थियो ।

कूल ११० सदस्यीय बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसद रहेका छन् । ६४ जना सांसदको समर्थनसहित बानियाँले मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *