बागमतीमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाइएको हो ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गर्न आह्वा गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *