बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन् । आज साँझ ६ बजे पत्रकार सम्मेलन गरेर लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका छन् । राजीनामा दिनुअघि उनले पार्टी सभापति शेरबहादुर देउवासँग पटक पटक छलफल गरेका थिए ।

लामा गत वर्ष २०८१ साउनमा मुख्यमन्त्री बनेका थिए । कांग्रेस बागमतीको संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । अब बानियाँ नै मुख्यमन्त्री बन्ने भएका छन् । लामाले पनि आफूले सभापति देउवाको निर्देशन मानेर राजीनामा दिएको स्पष्ट पारेका छन् ।

राजीनामा दिनुअघि उनले सभापतिसँग शर्त राखेको कुरा बाहिरिएको थियो । त्यो शर्त भनेको अब बन्ने क्याविनेटमा आफू पक्षधर तीन जना मन्त्री हुनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *