सिड्नी । विकिलिक्सका संस्थापक जुलियन असान्जसहित प्यालेस्टाइन समर्थक दशौँ हजार प्रदर्शनकारीले आइतबार सिड्नी हार्बर ब्रिजमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण विश्वप्रसिद्ध सिड्नी हार्बर ब्रिजमा आवागमन बन्द भएको थियो । उच्च सुरक्षा भएको बेलायती जेलबाट छुटेपछि गत वर्ष अस्ट्रेलिया फर्केका असान्जलाई अस्ट्रेलियाका पूर्वविदेशमन्त्री तथा न्यू साउथ वेल्सका मुख्यमन्त्री बब कारसँगै परिवारले घेरेको र प्रदर्शनमा सहभागी भएको तस्बिर सार्वजनिक भएको छ।
फ्रान्स, बेलायत र क्यानडाले हालैका हप्ताहरूमा प्यालेस्टाइनी राज्यलाई कूटनीतिक रूपमा मान्यता दिने मनसायलाई आवाज उठाएका छन् किनभने गाजामा कुपोषणको बारेमा अन्तर्राष्ट्रिय चासो र आलोचना बढेको छ। अस्ट्रेलियाले गाजामा जारी युद्ध अन्त्यका लागि आह्वान गरेको छ तर प्यालेस्टाइनी राज्यलाई मान्यता दिने निर्णय गर्न भने सकेको छैन । अस्ट्रेलियाले गत मङ्गलबार एक दर्जनभन्दा बढी अन्य राष्ट्रसँगको संयुक्त वक्तव्यमा प्यालेस्टाइन राज्यलाई दुई–राज्य समाधानको दिशामा एक आवश्यक कदमको रूपमा मान्यता दिने कुरा ‘सकारात्मक विचार’ भएको बताएको थियो ।
प्यालेस्टाइनसमर्थक भीडले भारी हावाहुरी र वर्षाको सामना गर्दै युद्धविराम गर्न ढिलो भइुकेको र स्वतन्त्र प्यालेस्टाइनको प्रत्याभूत गरिनुपर्नेमा जोड दिँदै नारा लगाउँदै पुल पार गरेका थिए। न्यु साउथ वेल्स प्रहरीले सुरक्षालाई मध्यनजर राख्दै सिड्नीमा सयौँ थप कर्मचारी परिचालन गरेको जनाएको छ । न्यू साउथ वेल्सका वामपन्थी ग्रिन्स पार्टीका सिनेटर मेहरीन फारुकीले मध्य सिड्नीको ल्याङ पार्कमा भेला भएका भीडलाई सम्बोधन गर्दै प्रदर्शनले ‘इतिहास रच्ने’ बताएका थिए ।
उहाँले इजरायलमाथि कडाभन्दा कडा प्रतिबन्ध लगाउन आह्वान गर्दै इजरायली सेनाले गाजावासीलाई ‘नरसंहार’ गरेको आरोप लगाएकी थिइन् भने न्यू साउथ वेल्सका प्रधानमन्त्री क्रिस मिन्सले विरोध प्रदर्शन अघि बढाउन नहुने बताएकामा आलोचना गर्नुभएको थियो । सन् २०२३ को अक्टोबरमा प्यालेस्टिनी लडाकू समूह हमासले गरेको आक्रमणपछि गाजा युद्ध सुरु भएयता मारिएका हजारौँ प्यालेस्टाइनी बालबालिकाको नाम उल्लेख गरिएको ब्यानर बोकेका दर्जनौं प्रदर्शनकारीले प्रदर्शन गरेका थिए ।
लेबर पार्टीका सांसद एड हुसिकले प्रधानमन्त्री एन्थोनी अल्बानिजको नेतृत्वमा रहेको आफ्नो सत्तारुढ दललाई प्यालेस्टिनी राज्यलाई मान्यता दिन आह्वान गरेका थिए । असान्ज प्रदर्शनमा उपस्थित भएपनि भीडलाई सम्बोधन गर्ने वा मिडियासँग कुरा गर्ने कुराबाट टाढै रहे । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार ६० हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान जाने गरी भएको रक्तपात अन्त्य गर्न इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ ।
हमासले सन् २०२३ मा गरेको आक्रमणमा परी एक हजार २१९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा आधारित तथ्याङ्कले देखाएको छ । आक्रमणका क्रममा बन्धक बनाइएका २५१ मध्ये ४९ जना अझै गाजामा रहेका छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ । सन् १९३२ मा बनाइएको हार्बर ब्रिज एक किलोमिटरभन्दा लामो छ ।
