माओवादी केन्द्रको स्थायी कमिटी जारी, जनार्दन शर्माको बोल्ने पालो आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठक आज सम्पन्न गर्ने तयारी छ । बैठकमा प्रायः सबै पदाधिकारीले आफ्नो धारणा राखेको बताईन्छ । आज उपमहासचिव जनार्दन शर्माले बोल्ने भनिएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राखेको प्रस्तावमाथि छलफल भैरहेको छ । प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठक दशैंपछि बस्नेगरि प्रस्ताव राखेका छन् । अहिलेसम्म बोल्ने नेताहरुले पार्टी एक ढिक्का बनाएर लैजानुपर्ने मत राखेका छन् । उनीहरुले अध्यक्ष प्रचण्डको अहिले विकल्प नभएको समेत मत राखेका छन् ।

जनार्दन शर्माले बाहिर बोलेको भन्दै केही नेताले गलत भएको भन्दै असन्तुष्टि भए पार्टीभित्रै राख्नुपर्ने धारणा राखेका छन् । शर्माले भने आज विशेष समय लिएर बोल्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *