काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार जवाफदेही, उत्तरदायी र पारदर्शी नरहेको बताएका छन् ।
आज (आइतबार) विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले सुशानको लागि जवाफदेही, उत्तरदायी र पारदर्शी हुनुपर्नेमा सरकार त्यसो हुन नसकेको बताएका हुन् । ‘अहिले सरकार न जवाफदेही छ, न उत्तरदायी छ, न पारदर्शी छ । यो सबै कुराका लागि सुशासन हुन जरुरी छ,’– उनले भने ।
साथै, नेता कोइरालाले अहिले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका नै ठीक तरिकाले चल्न नसकेको बताए । न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका नै ठीक ठाउँमा नभएको अवस्थामा प्रधानमन्त्री र मन्त्रीमात्रै फेरेर देश नबन्ने उनको भनाइ छ ।
साथै, नेता कोइरालाले अहिले डेमोक्रेशी एकदम धरापमा रहेको बताए । मिलिजुली सरकारको विकल्प नै नहुनेखालको नेपालको निर्वाचन प्रणाली रहेको बताउँदै उनले मिलिजुली सरकारको नाममा आफ्नो सैद्धान्तिक धरातल छोडन नुहुने बताए ।
