माओवादी केन्द्रको स्थायी कमिटी बैठक : पार्टीभित्र विधि पद्दती र प्रक्रियालाई कडाईका साथ लागू गर्न सुझाव

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेताहरुले पार्टीभित्र विधि पद्धती र प्रक्रियालाई कडाईका साथ लागू गर्न सुझाव दिएका छन् ।

पार्टी कार्यालय पेरिसडाडामा शनिबार बसेको बैठकमा धारणा राख्ने नेताहरुले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन विधि पद्धती र प्रक्रियालाई कडाईपूर्वक लागू गर्नुपर्ने सुझाव दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

संगठन निर्माण, विकास र विस्तारमा योजना सहित केन्द्रीत हुन आवश्यकका साथै शुद्धिकरण र रुपान्तरणका विषय विशेष रुपमा उठेको उनले बताए । सापकोटाले नयाँ विचार संश्लेषण र बिचारको बिकासका लागि बहसको थालनी गर्नुपर्ने विषय बैठकमा उठेको उल्लेख गरे ।

पार्टीका बिषयमा आएका सवै बिषयमा सहज ढंगले बैठकमा छलफल भएको भन्दै उनले माओवादी पार्टी कुनै हालतमा नफुट्ने बताए । एकता, संघर्ष र रुपान्तरण पार्टीको सिद्धान्त भएकाले बैठकको अन्तिमसम्म जादा पार्टी थप एकताबद्ध हुने उनले बताए ।

स्थायी समिति बैठकमा शनिबार आज १८ जना स्थायी समिति सदस्य, ५ जना पदाधिकारी र १ जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेको प्रवक्ता सापकोटाले जानकारी दिए । बैठक आइतबार ११ बजे देखि पुन सुचारू हुने माओवादीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *