अहिलेको ब्यबस्था र प्रणालीसँग जनता असन्तुष्ट छन् , बर्षापछि आन्दोलन हुन्छ : कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा कायम ब्यबस्था र प्रणालीसँग जनता असन्तुष्ट रहेको भन्दै संविधानले दिएको अधिकार अनुसार नै बर्षा सिजन पछि ब्यबस्था परिबर्तनको लागि आन्दोलन हुने बताएका छन्।

शनिबार पार्टीको काठमाडौं-७ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै थापाले लोकतन्त्रमा जनता नै सर्बेसर्बा हुने हुँदा जनताको परिबर्तनको चाहनालाई कुनै शक्तिले रोक्न नसक्ने स्पष्ट पारे।

गत जेठमा भएको आन्दोलनमा तयारी, गृहकार्य, समन्वय र रणनीतिमा केही अभाब भएको कारण टुंगोमा नपुगेको भन्दै थापाले अब पुर्ण तयारीका साथ आन्दोलनको आबश्यकतामा जोड दिए।

समान बिचार राख्ने र परिबर्तनको हुटहुटी भएकाहरुको बीच गम्भीर चिन्तन, तयारी र स्पष्ट कार्यदिशा सहित अघि बढ्नु समयको माग भएको भन्दै थापाले अहिलेको ब्यबस्थाले मुलुकको स्वाधिनता, अखण्डता, समृद्धिको चाहना पूरा हुन नसक्ने दाबी गरे।

“भ्रष्ट उत्पादन गर्ने ब्यबस्था टिक्दै टिक्दैन , जनताले बिद्रोह गर्छन् ” थापाले थपे – सबै क्षेत्र लथालिङ्ग छ , मनपरितन्त्र र सर्बसत्ताबादी चिन्तन बोकेर अधिनायकवादि बाटोमा हिड्नेहरुलाई जनताले नसिहत दिने उनको भनाई थियो।

आगामी निर्बाचनबाट जनताले मत र मन दुबै परिबर्तन गर्ने ठोकुवा गरे। भेलाले लाक्पा शेर्पाको अध्यक्षता २१ सदस्यीय क्षेत्रीय समिती निर्बाचित गरेको छ । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल , अमर केशी, प्रदिप कार्की, उज्वल पोखरेल लगायले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *