रौतहट। रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर २ मा रहेको बनाना रिसोर्टमा शनिबार बिहान आगलागी भएको छ।
केराको मात्र परिकार पाउने सो रिसोर्टमा शनिबार बिहान करिब ३ः४० बजेको समयमा अचानक आगोलागी भएको हो।
बनाना रिसोर्टका संचालक राकेश गुप्ताका अनुसार आगोलागीबाट रिसोर्टमा रहेका सम्पूर्ण सरसामान जलेर क्षति भएका छन्।
आगलागीबाट करिब ४० लाख रूपैयाँ बराबरको समान क्षति भएको उनले जानकारी दिए। रिसोर्टमा राखिएको कृषिमा प्रयोग हुने विभिन्न मेसिनहरू र खाद्यान्न, फर्निचर, फ्रिज लगायतका समानहरू जलेर नष्ट भएको उनको भनाइ छ।
यी सामनहरु काम नै नलाग्ने गरि जलेकाले करिब १५ लाख रूपैयाँ बराबरको क्षति भएको रिसोर्टका संचालक गुप्ताले बताए।
आगलागी घटनाको जानकारी पाउने वित्तिकै स्थानीय , नेपाल प्रहरी , सशस्त्र प्रहरी र बरुण यन्त्र ( दमकल ) घटनास्थलमा पुगेको थियो। अहिले आगलागी नियन्त्रणमा आएको र यस सम्बन्धमा थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ।
आगलागीको मुख्य कारण थाहा नभए पनि बिजुली सर्टबाट आगो लागेको प्रारम्भिक अनुमान गरिएको रौतहट प्रहरीले जनाएको छ।
