सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन बिहीबार सुन एक लाख ९३ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी दुई हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन बिहीबार चाँदी २ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।

आज दश ग्राम सुनको मूल्य एक लाख ६५ हजार ५५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय १६ रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *