ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वरमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका३२ कोटेश्वरस्थित सडकमा बा प्र ०१– ००४ ख ३२८७ नम्बरको ट्यांकरले बा प्र ०२०३३ प २५४८ नम्बरको मोटरसाइकललाई गएराती ठक्कर दिँदा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका३ का २५ वर्षीय नवराज तुम्सिङ मगरको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मगरको केएमसी अस्पताल सिनामङ्गलमा उपचारका क्रममा आज बिहान निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ। ट्यांकर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *