डब्लुएचओको सहकार्यमा पाकिस्तानमा क्यान्सर उपचारमा ठूलो राहत

इस्लामाबाद । पाकिस्तानको स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बीच एक सहमति भएको छ, जसअनुसार अब हरेक वर्ष क्यान्सर भएका करिब आठ हजार बालबालिकालाई निःशुल्क औषधी उपलब्ध हुने भएको छ ।

यो सहमति अनुसार पाकिस्तानले बालबालिकाको क्यान्सर उपचारका लागि बनाइएको एक विशेष अन्तर्राष्ट्रिय योजना (कार्यक्रम) मा सहभागी भएको छ ।

यस योजना अन्तर्गत गुणस्तरयुक्त औषधीहरू पीडित बालबालिकालाई निःशुल्क दिइनेछ । डब्लुएचओले दिएको जानकारी अनुसार पाकिस्तानमा हाल क्यान्सर भएका बालबालिकाको बाँच्ने दर करिब ३० प्रतिशत मात्रै छ ।

यो दर सन् २०३० सम्म ६० प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ । पाकिस्तानमा हरेक वर्ष आठ हजारभन्दा बढी बालबालिकामा क्यान्सर पत्ता लाग्ने गरेको छ, तर धेरैलाई उपचारको राम्रो सुविधा नपाइने हुँदा धेरै बालबालिका समयमै बचाउन सकिँदैन ।

यो योजना संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) सँग मिलेर सञ्चालन गरिनेछ। युनिसेफले औषधी किन्ने र पाकिस्तानसम्म ल्याउने काम गर्नेछ । डब्लुएचओले पाकिस्तानको संघीय र प्रान्तीय सरकारलाई प्राविधिक सल्लाह, तालिम र अन्य आवश्यक सहयोग पनि गर्नेछ ।

पाकिस्तानका स्वास्थ्य मन्त्री मुस्तफा कमालले यो सम्झौताबाट धेरै बालबालिकाको जीवन जोगिन सक्ने आशा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *