मधेश प्रदेशका पूर्वप्रमुख अहिराज पुर्पक्षका लागि जेल चलान

काठमाडौं। मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।

काठमाडौं जिल्ला अदालतले सो आदेश दिएको हो। उनीविरूद्द किशोरी बलात्कारको मुद्दा हिजो मात्रै दर्ता भएको थियो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले यस्तो आदेश दिएसँगै उनी पुर्पक्षका लागि जेल चलान भएका छन्।

उनीमाथी घरमा एक्लै भएको समयमा एक युवतीलाई जबरजस्ती पटक–पटक बलात्कार गरेको आरोप छ। अहिराजविरुद्ध गत माघ ३ मा प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो। पूर्वप्रमुख झा साउन ४ गते पक्राउ परेका थिए।

उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्मको सजाय माग दाबी गरिएको छ।

साथै दफा २१९ कै उपदफा (३ क) को खण्ड ग बमोजिम प्रतिवादी अहिराजसँग ३ लाख रुपैयाँ जरिवानाको माग दाबी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *