डडेल्धुरामा क्षयरोगका ७१ नयाँ बिरामी

डडेल्धुरा। यस आर्थिक वर्षको साउनदेखि माघसम्म डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। तीमध्ये ६५ वर्षमाथिका २९ जना, १५ देखि २४ वर्ष उमेरका २९ जना र अन्य १५ वर्षमुनिका छन्। स्वास्थ्य कार्यालयका अनुसार गत वर्ष ३१५ जनाको जाँच लक्ष्य भए पनि १४६ जनाको मात्र परीक्षण गरिएको थियो। अहिलेसम्म जिल्लामा १२४ जना क्षयरोगका बिरामी फेला परेका छन्, जसमा अमरगढी नगरपालिकामा सबैभन्दा बढी ३२ जना छन्। ‘स्वास्थ्य कार्यालयका सरुवा रोग नियन्त्रण स्रोत व्यक्ति हरिप्रसाद भट्टले नेपालमा हरेक वर्ष ७० हजार नयाँ क्षयरोगी फेला पर्नेमा ३० हजारको मात्र पहिचान हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *