काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा शतप्रतिशत मत खसेको छ । कूल ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन् । आज भएको निर्वाचनमा ३७ जनै सांसदले मतदान गरेका छन् ।
संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र ईन्द्र बानियाँ प्रतिस्पर्धी रहेका छन् । निवर्तमान संसदीय दलका नेता रहेका तामाङविरुद्ध परेको अविश्वासको प्रस्ताव पारित भएपछि आज संसदीय दलको नेता चयनका लागि निर्वाचन भएको हो । तामाङविरुद्ध अविश्वासको प्रस्ताव पारित हुँदा बानियाँको समर्थनमा २२ सांसद उभिएका थिए । तामाङलाई १५ सांसदले मात्रै समर्थन गरेका थिए । बागमती कांग्रेस संसदीय दलको नेता बन्नका लागि १९ सांसदको समर्थन आवश्यक छ ।
