काठमाडौं । नेप्सेमा उच्च अंंकले गिरावट आएको छ । नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने ४७ दशमलव ९३ अंकले घटेर २९ सय ५४ दशमलव १४ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय २७ वटा कम्पनीहरुको एक लाख ४१ हजार एक सय २० पटकको कारोबारमा तीन करोड ६४ लाख १७ हजार सात सय ४२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार चार सय आठ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा अन्य समुहको सुचक २३ दशमलव ४२ अंकले बढेर २७ सय ७४ दशमलव ९९ अंकमा चढेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले घटेको छ । जसमध्ये वाणिज्य बैंक समुहको सुचक २४ दशमलव २१ अंकले घटेर १५ सय ३३ दशमलव २५ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि दुई सय १३ दशमलव ७२ अंकले घटेर छ हजार तीन सय १९ दशमलव ८२ अंकमा झरेको छ ।
फाईनान्स समुहको सुचक पनि ७३ दशमलव ३२ अंकले घटेर २६ सय ४० दशमलव ९५ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ६३ दशमलव ८७ अंकले घटेर ३८ सय ४२ दशमलव ५३ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ५० दशमलव ९४ अंकले घटेर १३ हजार नौं सय ७२ दशमलव ७९ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय आठ दशमलव ६८ अंकले घटेर १३ हजार दुई सय ९५ दशमलव ९६ अंकमा झरेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सान्भी इर्नर्जी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्रिन डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।
