काठमाडाैं । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका-६ पत्थर गढवा निवासी २२ वर्षीय अयोध्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । गएराति करिब १२ बजेतिर लमही नगरपालिका-२ सोनपुरमा लु ४४ प ३४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक चौधरी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
