नारायणी नदीको पुलबाट हामफालेर दुई बेपत्ता

नवलपुर (नवलपरासी)। नवलपरासी (बर्दघाट-सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन्। एक जना आज बिहान पुलबाट र अर्को साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार आज साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता भएका हुन्। ‘साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ’, उनले भने, ‘बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ।’

बिहान पुलबाट हामफाल्ने किशोर गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *