काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री सवार गाडी अपसमा ठोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन गएको मन्त्रीहरुको गाडी आपसमा ठोकिएको हो ।
रानी जमरा कुलरिया सिँचाई आयोजना उद्घाटनका लागि प्रधानमन्त्री ओली कैलालीको चिसापानीमा जाने कार्यक्रम रहेको छ । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की त्यसतर्फ जाने क्रममा दुर्घटना भउको हो ।
आज (मंगलबार) कैलालीको लम्कीमा गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको बताइएको छ ।
