विमस्टेक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली चैत १९ गते बैंकक जाने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चैत १९ गते बैंकक जाने भएका छन्।
विमस्टेकको छैटौँ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्यान्डको राजधानी बैंकक जाने भएका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको बैंकक भ्रमण स्वीकृत गरेको स्रोतले जानकारी दिएको छ।
