भदौ १० भित्र विधान संशोधन सुझाव पठाउन एमालेको निर्देशन

काठमाडौँ । एमालेले आगामी भदौ २० देखि सुरु हुने विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनमाथि सुझाव पठाउन भदौ १० गतेसम्मको मिति तोकेको छ ।

नवौँ केन्द्रीय कमिटी बैठकका निर्णयसहित पार्टी कमिटीलाई अपानि–१२, जारी गर्दै एमालेले विधानमाथिको संशोधन सुझाव पठाउने मिति भदौ १० भित्रलाई तोकेको हो । सुझाव पठाउँदा पार्टी कमिटीहरूलाई एमालेले लिखित रूपमा पठाउन पनि भनेको छ ।

‘केन्द्रीय कमिटीको बैठकबाट पारित उक्त विधान संशोधन प्रस्तावमा मातहतका कमिटी र सदस्यहरूले आफ्नो सुझाव लिखित रूपमा भदौ १० सम्म पार्टी केन्द्रीय कार्यालयमा पुग्ने गरी पठाउनु पर्नेछ,’ अपानीमार्फत एमालेले भनेको छ ।

प्रदेश तथा जिल्लाबाट आएको सुझाव विधान महाधिवेशनअघि बस्ने केन्द्रीय कमिटीमा छलफल गरेर समावेश गर्ने नगर्ने समेत जनाएको छ ।

‘यसरी प्राप्त सुझावहरू उपर विधान महाधिवेशन पूर्व बस्ने केन्द्रीय कमिटीमा छलफल गरी आवश्यक निर्णय लिइनेछ’, एमालेले अपानीमा भनेको छ ।

एमालेभित्र खासगरी चर्चाको विषय बनेको ७० बर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीले प्रस्ताव गरिसकेको छ ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको विधान संशोधन मस्यौदामा यसअघि रहेको पार्टी विधानको धारा ६४ हटाउने प्रस्ताव छ । यसअघि पार्टी विधानको धारा ६४ मा ७० वर्षे उमेर हद र दुई कार्यकाल बढी एउटै पदमा बस्न नपाइने व्यवस्था रहेको थियो ।

uml333

Leave a Reply

Your email address will not be published. Required fields are marked *