ठूलीभेरी नदीबाट ४ जनाको सकुशल उद्धार

काठमाडौँ । डाेल्पा जिल्लाको ठूलीभेरी नगरपालिका- ३ स्थित धूपीचौरमा ठूलीभेरी नदीमा फसेका ४ जना स्थानीय बासिन्दाहरूलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

ठूलीभेरी नदीमा दाउरा सङ्कलन गर्न गएका बेला पानीको बहाव बढ्दा उनीहरु नदीको बिचमा फसेका थिए ।

नेपाली सेना, संग्राम शार्दुल गुल्म डोल्पाबाट खटिएका टोली, अन्य सुरक्षा निकाय र स्थानीयहरुको सहयोगमा उनीहरुलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको नेपाली सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *