मैले हस्तक्षेप नगरेको भए भारत-पाकिस्तान अहिलेसम्म लडिरहेका हुने थिए : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले हस्तक्षेप नगरेको भए भारत र पाकिस्तान अहिलेसम्म युद्ध गरिरहेको हुने थिए भन्ने अभिव्यक्ति दिएका छन् । आज (सोमबार) स्कटल्याण्डमा बेलायती प्रधानमन्त्री किअर स्टार्मरसँग ट्रम्प टर्नबेरी गल्फ कोर्समा भेटवार्ता सुरु गर्नुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् ।

ट्रम्पले सामाजिक सञ्जाल र विभिन्न प्रेस मिटमार्फत यस्तो दाबी गर्दै आएकोमा आजपनि यो दाबी दोहोर्याएका हुन् । ट्रम्पले व्यापारको लाभ हेरेर आफूले यस्तो भूमिका खेलेको दाबी गरे । उनले भने,”यदि म हुन्न थिएँ भने आजपनि मुख्य ६ वटा युद्धहरु भैरहेको हुने थिए । भारत पाकिस्तानसँग लडिरहेको हुने थियो ।”

तर, भारतले ट्रम्पको यो दाबीलाई अस्विकार गरेको छ । आजपनि भारतीय विदेशमन्त्री डा. एश जयशंकरले ट्रम्पको यो दाबीको खारेज गरेका छन् । आजको लोकसभा बैठकमा अपरेशन सिन्दुरबारेको डिबेटमा भाग लिने क्रममा यस्तो बताएका हुन् । भारत र पाकिस्तान युद्धविराममा तेस्रो पक्षको कुनै भूमिका र संलग्नता नरहेको जयशंकरको जिकिर छ । भारतमा भने आज लोकसभामा अपरेशन सन्दूरको बारेमा भनै बहस चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *