गाजा । संयुक्त राष्ट्रका मानवीय मामिलाका उपमहासचिव तथा आपतकालीन राहत समन्वयक टम फ्लेचरले गाजामा उत्पन्न मानवीय संकट निकै भयावह र विनाशकारी भएको बताएका छन् ।
उनका अनुसार गाजामा प्रत्येक तीन व्यक्तिमध्ये एकजनाले दिनौंसम्म पर्याप्त खाना पाएकाका छैन् । केही मानिस आफ्ना परिवारलाई खुवाउन खाद्यान्न खोज्दा आक्रमणको शिकार भइरहेका छन् । बालबालिकाहरू कुपोषणका कारण शारीरिक रूपमा कमजोर बन्दै गएका छन् ।
फ्लेचरले इजरायलले राहत वितरणको लागि सात दिनसम्म सहयोग गर्ने, खाद्यान्न, औषधि तथा इन्धनमा भन्सार अवरोध हटाउने र राहत काफिलाहरूका लागि सुरक्षित मार्गहरू सुनिश्चित गर्ने निर्णयको स्वागत गरेका छन् । उनले यो निर्णयलाई सकारात्मक प्रगति भनेपनि गाजामा जीवनरक्षा गर्न अझ धेरै सहयोग आवश्यक भएको बताए ।
उनले मानवीय सहायता शीघ्र, नियमित र सुरक्षित रूपमा पु¥याइनु आवश्यक रहेकोमा जोड दिनुभएको छ । साथै, राहत सामग्री ढुवानीमा ढिलाइ, अवरोध वा आक्रमण हुनु नहुने स्पष्ट रूपमा उल्लेख गरे ।
टम फ्लेचरले हालसम्म ५९ हजार भन्दा बढी मानिसको मृत्यु भएको र तिनमध्ये झन्डै १८ हजार बालबालिका रहेको जानकारी दिए ।
