सिन्धुलीको गोलाञ्जोरमा एकै परिवारका १६ जना सम्पर्कविहीन

काठमाडौं । सिन्धुलीको गोलाञ्जोर गाउँपालिका वडा नम्बर ६ बागेश्वरमा एकै परिवारका १६ जना सम्पर्कविहीन भएका छन् । गोलाञ्जोर गाउँपालिका–६ का वडाअध्यक्ष रबिन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवार बेपत्ता भएको हो ।

उनीहरुले घरमा पालिएका चौपायमात्रै अलपत्र अवस्थामा भेटिएको र घरमा कोही पनि नरहेको वडाअध्यक्ष श्रेष्ठले बताए । अहिले उनीहरुको खोजी कार्य तीब्र बनाइएको वडाअध्यक्ष श्रेष्ठले बताए । उनीहरु बेपत्ता हुनुको कारण भने थाहा नभइसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *