सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेलको नाम सिफारिश

काठमाडौं । न्याय परिषदले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेलको नाम सिफारिश गरेको छ ।

न्याय परिषद्को आज (सोमबार) बसेको बैठकले पौडेललाई मुख्य रजिस्ट्रार सिफारिस गरेको न्यायपरिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए।

मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल हिजो (आइतबार) बाट ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *