काठमाडौं । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से १८ दशमलव ४४ अंकले घटेर २९ सय ६४ दशमलव २० अंंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय २३ वटा कम्पनीहरुको दुई लाख तीन हजार छ सय ५८ पटकको कारोबारमा पाँच करोड ८६ लाख ५३ हजार सात सय ६२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार दुई सय ३७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समूहहरुको सूचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ११ दशमलव १३ अंकले घटेर १५ सय ३६ दशमलव ८२ अंकमा झरेकोमा फाईनान्स समुहको सुचक पनि ५३ दशमलव ७२ अंकले घटेर २६ सय ४४ दमलव ६९ अंकमा झरेको छ ।
जलबिद्युत समूहको सूचक पनि ४३ दशमलव २२ अंकले घटेर तीन हजार आठ सय ९८ दशमलव ७३ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि एक सय ९५ दशमलव २३ अंकमा झरेको छ । यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि ९१ दशमलव ९२ अंकले घटेर १३ हजार चार सय ५० दशमलव ७२ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी र अन्य समूहको सुचक पनि क्रमशः एक सय ३३ दशमलव २३, दुई दशमलव शुन्य तीन र २३ दशमलव ६२ अंकले घटेका छन् ।
विकास बैंक समूहको सूचक भने ७७ दशमलव ६४ अंकले बढेर छ हजार तीन सय ६३ दशमलव ६६ अंकमा चढेकोमा उत्पादनमुलक समूहको सूचक पनि ८४ दशमलव ७७ अंकले बढेर सात हजार ९३३ दशमलव ९० अंकमा चढेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समता घरेलु लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट परेको छ ।
