काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोग लगाउनुपर्ने माग गरेकी छन् । आज बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले उनले यस्तो माग गरेकी हुन् । हालै विशेष अदालतबाट वाइडबडी विमान घोटाला प्रकरणबारे पूर्णपाठ आएको उल्लेख गर्दै यस प्रकरणमा राईविरुद्ध महाभियोग लगाउनुपर्ने उनको माग रहेको छ ।
उनले भनिन्,‘वाइडबडी जहाज खरिदबारे हालै अदालतबाट पूर्णपाठ आयोग त्यसले २०७३ वैशाखमा दुई वटा वाइडबडि विमान खरिद अघि बढाउँदाका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अहिले अख्तियारको प्रमुख हुनुहुन्छ। नेपाल वायु सेवा निगमको सञ्चालक समितिको अध्यक्ष पनि सचिव नै हुने प्रचलन थियो । अख्तियारको प्रमुख आयुक्त प्रेमकुमार राई हुनुहुन्छ । मलाई व्यक्तिगत रूपमा केही भन्नु छैन । तर, उहाँको सवालमा प्रश्न उठेको छ । उहाँलाई तर उहाँमाथि विशेष अदालतले प्रश्न उठाएको छ। अन्यमाथि मुद्दा अभियोजन गरे पनि प्रमुख राईमाथि चयनमुखी दृष्टिकोण राखेको छ । यसप्रति आपत्ति जनाएको छ ।’
यस प्रकरणमा प्रमुख आयुक्त राईले कि राजीनामा दिएर बोल्नुपर्ने पनि उनले सुझाईन । उनले भने,‘कि व्यक्ति बोल्नुपर्यो । होईन भने सरकार बोल्नुपर्यो । यसमा प्रमुख आयुक्त आफै बोल्नपर्यो, राजीनामा दिएर अनुसन्धान होस् भन्नुपर्यो नत्र सरकार बोल्नुपर्यो। कोही बोल्दैन भने संसदमाथि मेरो भन्नु छ, व्यवस्थापिका संसद् त्यो पनि बोल्दैन। महाभियोग लगाउनुपर्यो, संविधानको धारा १०१ मा महाभियोगको व्यवस्था छ, हामी बोल्ने कि नबोल्ने ? सरकार बोल्ने कि व्यक्ति बोल्ने ? अब हामी बोल्ने।’
